सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा माघी पर्वको शुभकामना

धनगढी । सुदू्पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना सन्देश दिनुभएको छ ।
आज एक शुभकामना सन्देश दिनुहुदै मुख्यमन्त्री भट्टले बिभिन्न जातजाती, वर्ग, समुदायले बिशेष रुपमा मनाउने माघे संक्रान्ति एवं माघी पर्वको यस शुभ घडीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले यस पर्वले सामाजिक सद्भाव, सास्कृतिक एकताको भावना कायम राख्दै समुदायमा सुमधुर सम्बन्ध कायम गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्