बुधबार रातिदेखि शुक्रबारसम्म देशभर वर्षा र हिमपात हुने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आज बुधबार रातिबाट मौसममा बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ ।
बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेकाे मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउनुभयो ।
नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ । ‘शनिबारबाट यो मौसमी प्रणाली कमजोर भएर बाहिरिने भएकाले मौसम सुधारिन्छ,’, मौसमविद् पौडेलले भनुभयो ।








प्रतिक्रिया राख्नुहोस्