तपाईँ सुन्दै हुनुहुन्छः

काठ सहित एक जना पक्राउ

  

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ठूलो मात्रामा अबैध काठ बरामद गरेको छ ।

गुलरिया नगरपालीका वडा न. ९ मथुराहरद्वार स्थित घरमा लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरी टोलिले एक जना ब्यक्ति सहीत अवैध सागुन,साल र सिसम जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सिसम जातको काठ गोलिया ३ थान, सागुन जातको काठ ९ थान समेत गुलरिया न.पा. वडा न. ९ बस्ने४० बर्षिय देशराज कुर्मीलाइ पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

काठ र मानिस आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाईएको बास्तोलाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button