तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा १० रुपैयाँमै पेटभरी खाना

भद्रपुर, झापा । सुन्दा पत्यार नलागन सक्छ तर अबदेखि साताको दुई दिन झापाको सदरमुकाम भद्रपुरमा १० रुपैयाँ तिर्दा पेटभरी शाकाहारी खाना पाइन्छ ।

भद्रपुर बजारमै १० रुपैयाँमा शुद्ध शाकाहारी खाना पाइने थालेको हो । तर, यो कुनै होटल व्यवसाय होइन, सामाजिक सेवा कार्य हो ।

भद्रपुरको एक निश्चित स्थानमा साताको बुधबार र शनिबार विहान ९ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म १० रुपैयाँ तिर्दा पेटभरी खान पाइने व्यवस्था स्थानीय व्यवसायी र सामाजिक अभियानकर्मीहरुले मिलाएका हुन् ।

व्यवसायी सुबोध कोठारीको पहलमा भद्रपुर ५ स्थित प्रेरणा ट्रेडर्स अगाडी १० रुपैयाँमै शुद्ध शाकाहारी खानाको व्यवस्था मिलाइएको हो ।

हर हर महादेव, सेवा नै धर्म हो’ भन्दै शुभ सन्देशका साथ शुरु गरिएको यो सेवाको शनिबार उद्घाटन गरिएको थियो ।

बजारमा हिँड्ने गरिब तथा विपन्नलाई सेवा पुर्याउने उद्देश्यले यो सेवा गरिएको कोठारीले बताउनुभयो ।

यस अभियानमा स्थानीय व्यवसायी दिलीप वंशल, नन्दु सरावगी, ब्रह्मदेव अग्रवाल, विनय गोयल, मनोज श्रेष्ठ, शिवु गुप्तालगायतले सहयोग गर्नुभएको छ भने सहयोगीहरुको संख्या बढ्दै जाने कोठारी बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button