राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०७ राष्ट्रियसभामा पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०७६ लाई सभासमक्ष पेश गर्नुभयो ।
आजको बैठकमा मन्त्री नेम्वाङले नै प्रस्तुत गर्नुभएको रेलवे विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभावाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक २०७६ लाई दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक आगामी माघ ५ गते दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्