जनकपुरमा टिपरले किचेर युवकको हत्या

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ । आज (शुक्रबार) बिहान करिब ५ बजे मर्निङवाक गएको बेला टिपरले किचेर उनको हत्या गरिएको हो ।
उनी छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएका थिए । त्यसैबेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो ।
महतो अवैध ढंगले हुने खोला उत्खननको विरोधी थिए । उनी भारतमा इन्जिनियरिङ पढ्दै थिए । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
घटना पश्चात् टिपर चालक फरार छन् । अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्