तपाईँ सुन्दै हुनुहुन्छः

२५ प्रतिशत लाभांस वितरण गर्ने एभरेष्ट बैंकको प्रस्ताव

काठमाडौं । एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस वितरण गर्ने प्रताव पारित गरेको छ ।

बुधबार बसेको बैकको साधारणसभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको प्रमुख शेयरधनी पञ्जाव नेशनल बैंकले नगद लाभांस बापत ३२ करोड १६ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै विके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बापत १४ करोड ७४ लाख रुपैयाँको नगद लाभांस प्राप्त गर्ने छन् ।

बैंकका कर्मचारीहरुले बोनस बापत मात्रै ४८ करोड ३० लाख रुपैयाँ बुझेका छन् । बैंकले कर्मचारी खर्च मात्रै ६० करोड ७७ लाख रुपैयाँ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button