तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय समितिको बैठक स्थगित, माघ १५ गतेदेखि बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी पुष २३ गते देखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठक स्थगित हुने भएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले आगामी माघ ९ हुने राष्ट्रिय सभाको निर्वाचनमा जुट्नुपर्ने भएकाले पार्टी केन्द्रीय कमिटिको बैठक सारिएको नेकपाले जनाएको छ ।

सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक आगामी माघ १५ गतेलाई बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button