२३ वर्षपछि तिलकको आँशु– ३ ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि आँशु एल्वमको तेश्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गर्नुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरी गायक तथा संगीतकार पेलाले दुई वटा नेपाली गजल, चार वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी आँशु भाग–३ मा आठ वटा रचनाहरू समावेश गरिएको जानकारी दिनुभयो ।
ती मध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गरी दुईवटा गीतको प्रोमो सार्वजनिक गरिएको हो । बिसं २०५३ सालमा आफ्नै गायन तथा सङगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याउनु भएको थियो ।

बि.सं. २०६१ सालदेखि काठमाडौँ बनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी शास्त्रिय संगीतमा साधनारत पेलाले श्रोताहरुको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँशु भाग–३ लिएर सांगितिक बजारमा पुन आएको बताउनुभयो ।
एल्बम यही पुष २६ गते भव्य समारोहका बीच सार्वजनिक हुने पनि उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्