तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरको नेपाल बैंक लिमिटेडको कायापलट, सेवाग्राही खुशी

जनकपुरधाम । जनकपुरधामको सबैभन्दा पुरानो वित्तिय संस्थाको रुपमा रहेको नेपाल बैंक लिमिटेडको सिटी कार्यालयको कायापलट गरिएको छ ।

सरकारी स्वामित्वको बित्तिय संस्थाको रुपमा रहेको नेपाल बैंक लिमिटेडको कार्यालयको व्यवस्थापन पूर्णरुपमा सुधार गरेर अत्याधुनिक बनाइएको छ । कुनै पनि नीजि बैंकभन्दा राम्रो व्यवस्थापन नेपाल बैंक लिमिटेड जनकपुर शाखाको रहेको छ ।

जनकपुरधामको भानु चोकदेखि रेल्वे स्टेशन जाने मार्गमा पर्ने नेपाल बैंक लिमिटेडको आफ्नै जग्गासहितको भवन भएसँगै यसको बिकासमा कायापलट नै भएको हो ।

२५ हजार ग्राहक रहेको जनकपुरधामको सबैभन्दा पुरानो बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडले एक अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ भने एक अर्ब ८४ करोड निक्षेप संकलन गरेको बंैकका शाखा प्रबन्धक रुपेश श्रीवास्तवले जानकारी दिनुभयो ।

एक सय ५० जना कर्मचारी कार्यरत नेपाल बैंक लिमिटेडलाई सूचना प्रविधिमा मैत्री बनाउने कार्य भएपछि अहिले १५ जना कर्मचारीले छिटोछरितो रुपमा जनताको मन छुने गरी सेवा प्रवाह गरिरहेको छन् ।

बैंकले चाडै नै लकर सेवा प्रदान गर्ने तयारी गरिरहेको छ भने सन्ध्याकालिन सेवा प्रदानको तयारीमा रहेको शाखा प्रबन्धक श्रीवास्तवले जानकारी दिनुभयो । बैंकले व्यवसायिक कर्जा, कृषि कर्जा तथा व्यक्तिगत कर्जा पनि प्रदान गरिरहेको छ ।

नेपाल बैंक लिमिटेड जनकपुर शाखामा भएको सुधार तथा सेवा प्रवाह एवं खराब कर्जा असुलीमा देखाएको तत्परताका कारणले देशको सबै शाखामा उत्कृष्ट पाँचमा पर्नमा सफल भएको छ । अहिले बैंकको खराब कर्जाको अवस्था १.३४ प्रतिशतमा झरेको छ । जबकी बैंकको राष्ट्रिय अवस्था २.७५ प्रतिशत खराब कर्जाको रहेको छ ।

यसैगरी बैंकले कृषि कर्जामा ४.८४ प्रतिशत व्याज लिने गरेको छ । यसमा नेपाल सरकारले किसानलाई पाँच प्रतिशत अनुदान दिने गरेको छ ।

यसैगरी बैंकले मुद्दती खातामा ग्राहकलाई ९.७५ प्रतिशत र महिला बचत तर्फ ६.५ प्रतिशत व्याज दिने गरेको शाखा प्रबन्धक श्रीवास्तवले जानकारी दिनुभयो ।

अहिले बैंकलाई भौतिक रुपमा मात्र होईन सेवाको दृष्टिकोणमा पनि गुणस्तरीय बनाउने कार्य भएको ग्राहकहरुको कथन रहेको छ ।

सेवा प्रवाह पहिले भन्दा छिटो छरितो भएको जनकपुरधाम वडा नंं ८ का ग्राहक अनिता कुमारीले बताउनुभयो उहाँ मात्र होईन बंैकले पहिला निक्कै ढिलो सेवा दिने गरेका कारणले खाता नै परिवर्तन गर्ने पक्षमा रहेका जनकपुरका ग्राहकहरु अब परिवर्तन नगर्ने पक्षमा पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button