एपीएफद्वारा पहिलो जित दर्ता
जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ ।
सातोबोटोस्थित एन्फा मैदानमा विहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जारी लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफल जितसँगै तालिकामा चार अंक बनाएको छ । यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन । एपीएफ तर्फ बाट दुबै गोल आशिष लामाले गरेका थिए ।
सरस्वतीका तर्फबाट विनोद केसीले गोल गरेका थिए । लिगको पाँचौं चरणका खेलहरु अब शनिबारदेखि दशरथ रंगशालामा आयोजना हुने छन् ।








प्रतिक्रिया राख्नुहोस्