नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ
काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बुधबार पनि प्रतितोला ७३ हजार ५ सय रुपैयाँमै कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ९० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्