चिसोका कारण कञ्चनपुरसहित तराईको जनजीवन प्रभावित

कञ्चनपुर । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि कञ्चनपुरलगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । पछिल्लो केही दिनयता तापक्रम क्रमिक रुपमा घट्दै जाँदा जनजीवन प्रभावित बन्न पुगेको हो । चिसोबाट बालबालिका तथा वृद्धवद्धा बढी प्रभावित बनेका छन् ।
चिसो बढेपछि कञ्चनपुरका प्रायः स्थानीय तहहरुले सामुदायिक बनहरुको सहयोगमा चोकचोकमा दाउरा वितरणसमेत गर्न थालेका छन् ।
यसैबीच, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि पाँच दिनसम्मका लागि सबै बिद्यालय बन्द गराएको छ । अत्याधिक चिसोका कारण पठनपाठनमा समस्या देखिएपछि गाउँपालिकाले बृहत छलफल गर्दै सञ्चित बिदाबाट मिलान हुुने गरी १८ गतेसम्म बिदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले जानकारी दिनुभयो ।
यदि बिदाको बीचमा मौसममा सुधार आएमा बिद्यालय सुचारु गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्