१७ बर्षदेखि फरार अभियुक्त पक्राउ
बीरगंज । पर्साको कालिकामाई गाउपालिका वडानम्बर ४ प्रशुरामपुरबाट डांका गरेको अभियोग मुद्दामा १७ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
डांका मुद्दामा १७ वर्षदेखि फरार रहेका स्थानीय महमद गन्नी अंसारीलाई पक्राउ गरेको हो । जिल्ला अदालत पर्साले २०५९ साल असोज ८ गते अन्सारीलाई ६ बर्ष कैदसहित ३६ हजार चार सय ३२ जरिवानाको फैसला गरेको थियो ।
आफ्नै गांउघरमा लुकीछुपी बस्दै आएका अंसारीलाई आज जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको छ । अदालतले अन्सारीलाई आजै कैद तथा जरिवना भुक्तानका लागि वीरगंज कारागार चलान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्