तपाईँ सुन्दै हुनुहुन्छः

नातिकाजी विशिष्ट स्रष्टा सम्मानबाट डा. मल्ल सम्मानित

फाइल तस्बिर

काठमाडौँ । नातिकाजी राष्ट्रिय बिशिष्ठ श्रष्टा सम्मान २०७५ गायक डा. समरबहादुर मल्ललाई प्रदान गरिएको छ ।

संगीतकार तथा गायक नातिकाजी श्रेष्ठको ९५ औं जन्मजयन्तीका उपलक्ष्यमा नातिकाजी स्मृति समाजले आज उपराष्ट्रपति निवास लैनचौरमा एक कार्यक्रम गरी डा. मल्ललाई नगद २० हजार एक रुपैँया राशीको पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

हरेक वर्ष नेपाली गीत रचना, संगीत साधना र गायनतर्फका बिशिष्ठ व्यक्तिहरुलाई सम्मान गर्ने गरेको समाजले नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७५ बाट जनही नगद ११ हजार एक सय ११ सहित गीतकार प्रमोद ढुंगाना, गायक यम बराल, गायीका रेखा शाह र संगीतकार सुरेश अधिकारीलाई सम्मान गरिएको छ ।

त्यस्तै यसपालि नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ बाट जनही ११ हजार एक सय ११ नगदसहित रेडियो नेपालमा कार्यरत बाद्य निर्देशक मनराजा नकर्मी, गितकार भुपेन्द्र खड्का, गायीका टिका प्रसाई र गायक प्रह्लाद तिमिल्सिनालाई प्रदान गरियो ।

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशेष सम्मान–२०७५ भने जगत मर्दन थापा, कर्म योञ्जन, मोहन कृष्ण कार्की ढली, सिके रसाईली, भारती उपाध्याय, तिर्थकुमारी थापा, शम्भुराई, र मिलन  मोक्ताननलाई प्रदान गरियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नातिकाजीले नेपाली संगीतमा पुर्याएको योगदान र सिर्जनशीलताको संरक्षण र सम्वद्र्धन गर्देै नयाँ पुस्तासम्म पर्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

उपराष्ट्रिपतिपुनले मौलिक गित संगीतको संरक्षणका लागि सरकारले नै नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभयो ।

नातिकाजी स्मृति समाजका सल्लाहकार कवि डा .नवराज लम्सालले नातिकाजीको संगीत नेपाली माटो र संस्कृतिसँग जोडिएकोले यसको संरक्षण गर्नु सबैको दायित्व हुने बताउनुभयो ।

संगीतकार सुरेश अधिकारीले नेपाली गीत संगीतको क्षेत्रमा काम गर्ने जोसुकैले आधुनिकताका नाममा मौलिकता बिर्सिन नहुनेमा जोडदिनुभयो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटाले आफ्नो जिवन नै नेपाली संगितमा समपर्ण गरेका गायक, संगितकार र गीतकारलाई राज्यले बाँच्ने आधार प्रदान गर्नुपर्नेमा जोडदिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button