काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्याे
काठमाडौं । अघिल्लो हप्ता भित्रिएको पश्चिमी वायु प्रणालीका कारण परेको वर्षा र हिमपातले नेपालको मौसम चिसिएको छ ।
बुधबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ। बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
देशभरको तपाक्रम पनि घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
पौष २ गते (बुधबार)
दिउँसोः देशको पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशको पूर्वी र पश्चिमी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष ३ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमि भु(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशभर आंशिक बदली रहनेछ।
पौष ४ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमि र मध्य भु(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू(भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।
रातिस् देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
प्रतिक्रिया राख्नुहोस्