सुनको मूल्यमा वृद्धी
काठमाडौँ । आज मंगलबार सुनको भाउ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला २ सयले बढ्दै ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले बढेको छ । आज प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्