तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं साग: म्याराथनमा किरणले  नेपाललाई दिलाए स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत (एथलेटिक्स) ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका छन्।

शनिवार बिहान भएको दौडमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । भने भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन्। रजत जितेकारासपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्ड र श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जिते। सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको दौड टेकु-कालिमाटी-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-सल्लाघारी-सूर्यबिनायक हुँदै पुनः सल्लाघारी-कोटेश्वर-नयाँबानेश्वर-माइतीघर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लौनचौर-उत्तर ढोका-नागपोखरी-जयनेपाल हल-संग्राहलय दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै रंगशालामा समापन भएको हो ।

नेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्समा किरण सिंह बोगटी ४२ किलोमिटर २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दौडपुरा गरि स्वर्ण पदक जितेका छन् । तस्वीर ः रोशन सापकोटा÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button