समाचारको तथ्यता पुष्टि गर्न सञ्चारमन्त्रीको चुनौती
काठमाडौँ । सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले समाचारको तथ्यपरकता पुष्टि गर्न नयाँ पत्रिकालाई चुनौती दिनुभएको छ।
आज सामाजिक सञ्जाल ट्वीट मार्फत मन्त्री बाँस्कोटाले नयाँ पत्रिकामा प्रकाशित समाचारले नेपाली पत्रकारिताको विश्वनियतालाई लिएर चिन्ता उत्पन्न गराएको भन्दै समाचारको तथ्यपरकता पुष्टि गर्न चुनौती दिनुभएको हो।
नयाँ पत्रिका दैनिकले सागको रकमले मन्त्रीहरुले एक जोर दौरा सुरुवाल जोडेको भन्दै समाचार छापेसँगै संचारमन्त्रीले समाचार गलत भएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो ।
उहाँले आफ्नो फेसबुकवाल मार्फत नेपाली पत्रकारिताको विश्ववनियतालाई लिएर पुनः चिन्ता उब्जिएको भन्दै समाचारको तथ्यपरकता पुष्टि गर्न संचारगृहलाई चुनौती दिनुभएको हो ।
यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले समेत नयाँ पत्रिकाको समाचार झुट भएको र आफूले कुनै दैरा सुरुवाल नलिएको भन्दै समाचारको खण्डन गनुृभएको छ । दौरा सुरुवालको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै समाचारप्रति उहाँले आश्चर्यता व्यक्त गर्नुभएको हो ।
मन्त्री ज्ञावालीले आफ्नो आधिकारिक फेसबुक एकाउन्टबाट समाचार झुट भएको दावी गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्