लुटिएको ४ तोला सुनसहित एकजना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लुटिएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका– ८ बस्ने १८ वर्षिय सुरज ओलीलाई पक्राउ गरेको हो ।
हेटौंडा–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट तीन तोला ११ लालको सुनको सिक्री र एक तोला सात लालको सुनको ब्रासलेट गरी चार तोला ११ दशमलव सात लालको सुनका गरगहना लुटी भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सुन लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्न खोज्दा ओलीलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निज उपर चोरी कसुरमा आवश्यक अनुसन्धान कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्