तपाईँ सुन्दै हुनुहुन्छः

संघिय संरचना अनुसार कामको बाँडफाँड हुने गरी नीति नियम बनाउपर्छ : मन्त्री भुषाल

फाइल तस्बिर

काठमाडौँ – कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले परिवर्तित व्यवस्था अनुसार कानूनहरु बन्नुपर्ने बताउनु भएको छ ।

संघिय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बीउ बिजन विधेयक,२०७५ को दोस्रो संशोधनमाथि सैद्धान्तिक छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा मन्त्री भुषालले संघिय संरचना अनुसार कामको बाँडफाँड हुने गरी नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री भुषालले कृषिको उत्पादन र उत्पादकत्व वढाउन आधुनिक प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा सीतादेवी यादव, राज बहादुर बुढा,  राधा ज्ञवाली र घनश्याम खतिवडालगायतका सांसदहरुले स्थानिय बिउ बीजनको संरक्षण गर्दै कृषि क्षेत्रको आधुनिकीकरणका लागि नीजि क्षेत्रको नियमन र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button