सवारी दुर्घटनामा आमाछोराको मृत्यु
कृष्णउदास खनाल, मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको चुरियामाई नजिक भएको मोटरसाईकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
हेटौडाबाट बाराको पथलैया तर्फ जादै गरेको मोटरसाइकललाइ ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका ८ की २६ वर्षीया तिर्थ कुमारी राई र उनका १ बर्षीय छोरा आहान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्