दाङमा नौ महिनाको अवधीमा ५१ जना बिप्लवका नेता कार्यकर्ता पक्राउ

घोराही – गएको फागुन २७ गते सरकारले प्रतिबन्ध लगाएपछि दाङ प्रहरीले नेत्र बिक्रम चन्द बिप्लव समुहका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रतिबन्ध लगाएको करिब ९ महिनाको अन्तरालमा दाङ प्रहरीले ५१ जनालाई पक्राउ गरेर कारबाही गरेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका ५१ जनामध्ये २६ जनालाई आबश्यक कारबाही गरेर रिहा गरेको जनाएको छ । त्यस्तै थप २५ जना अहिले पनि आफ्नो नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोदबिक्रम शाहले जानकारी दिनुभएको छ ।
दाङ प्रहरीले फागुन २८ गतेदेखि आजसम्म गरेर ५१ जनालाई पक्राउ गरेको जनाएको छ । सरकारले बिप्लव समुहको क्रियाकलापमा निगरानी बढाउनुका साथै पक्राउ गर्ने रणनीति लिएको छ ।
जिल्लाका विभिन्न बस्तीबाट चन्दा, आतंक, तथा सरकार बिरोधी गतिबिधी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई लुकीछिपी बस्ने, गोप्य सुचनाका आधारमा र जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको डिएसपी शाहले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्