तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त पक्राउ

मेलम्ची – कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थालङपाल गाउँपालिका वडा न ५ लामखर घर भएका बम बहादुर स्याङ्बो र मिलन स्याङ्बो रहेका छन् ।

उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंको गोकर्णेस्वरबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरु गत असोज ३० गते टाउकोमा खुकुरी प्रहार सोही ठाउँका २७ वर्षीय विजय लामाको हत्या गरी फरार भएका थिए । उनीहरुलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button