तपाईँ सुन्दै हुनुहुन्छः

चरेस सहित ५ जना पक्राउ

संजय आचार्य, बर्दिया । बर्दियामा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ ।

गए राती प्रहरीको टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडक बाटो बाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक राम शंकर कोहारले बताउनु भएको छ ।

पक्राउ पर्नेमा पुर्वी रुकुम घरभई हाल दाङ घोराही नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button