तपाईँ सुन्दै हुनुहुन्छः

निराश जनतालाई उत्साहित बनाउन उपनिर्वाचन काङ्ग्रेस जित्नुपर्छ: नेता रिजाल

कास्की। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।

Related image

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।”

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिदैं कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताउनुभयो ।

उहाँले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।

घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button