वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा
धनगढी । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलाली सोमबारबाट सञ्चालनमा आएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रादेशिक कार्यालयको एक समारोहका बीच सोमबार समुदघाट्न गर्नुभएको हो ।
समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले सेवा प्रवाहमा गुणस्तरीयता सहित सम्पूर्ण ग्राहकहरुलाई समान व्यवहार गर्दै सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्नुहुँदै ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारा सार्थक पार्न राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भुमिका निर्वाह गर्ने बताउनुभयो ।
बैंकले गत आर्थिक वर्ष २०७५–०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा निक्षेप १ खर्ब ९० अर्ब र कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्