सिन्धुपाल्चोकमा उप निर्वाचनको चटारो : दलहरु आन्तरिक तयारीमा

मेलम्ची । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–८ मा पनि निर्वाचन हुने भएपछि निर्वाचन कार्यालयले त्यसको तयारी सुरु गरेको छ । उपनिर्वाचनको मिति नजिकिदै गर्दा दलहरु पनि आन्तरिक तयारीमा जुटेका छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस बिच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यस अघि कांग्रेसले सो वडामा चुनाव जितेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचीत वडा अध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एमाओवादीका केदारनाथ आचार्यले ३ सय ५५ मत ल्याएका थिए भने एमालेका सम्पुर्ण तामाङले २ सय २१ र राप्रपाका पुर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए ।
इन्द्रावती गाउँपालिका–८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि मंसिर १४ मा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनमा कुल १४ सय ३१ मतदाता रहेकोमा २७ जनाको दाबी बिरोध परेपछि अब १४ सय ४ मतदाता निर्वाचनमा सहभागी हुदैछन् ।
कुल १२ सय २१ मतदाता रहेको सो वडामा पहिलाका चुनावमा १०१६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो । कांग्रेसका वडा अध्यक्ष श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजीत भएका थिए ।
नेकपाले यस अघिका प्रमुख प्रतिष्पर्धी केदार आचार्य र सम्पुर्ण तामाङ मध्ये एकलाई नै अघि सार्ने तयारी गरेको नेकपा स्रोतको दाबी छ ।
गाउँपालिकामा अहिले नै अल्पमतमा रहेका गाउँपालिका अध्यक्ष वंशलाल तामाङको लागि पनि यो निर्वाचनमा जसरी पनि जित्नै पर्ने दबाब छ ।
तिहारपछि उमेदवारको टुङगो लाग्ने कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्