राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी चिनाउने फोटो प्रदर्शनीको उद्घाटन

म्यानमार- म्यानमारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्या भण्डारीले आज याङुनस्थित स्वेडागन पगोडामा नेपस्ल ‘भ्रमण वर्ष-२०२०’को सन्दर्भमा नेपाल सरकार लुम्बिनी विकास कोषले आयोजना गरेको लुम्बिनी चिनाउने फोटो प्रदर्शनीको एक भब्य समारोहका बिच उद्घाटन गर्नु भएको छ ।
उहाँले बेलुनको गुच्छाको रिबन काटेर र दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रदर्शनको अवलोकन पनि गर्नु भएको छ ।

प्रदर्शनीमा लुम्बिनीको पहिचन झल्कने, गौतम बुद्ध्को जिवनी, मायदेवी मन्दिर, लुम्बिनिको विकास्को गुरुयोजना लगायतका चित्रहरु राखिएका छन ।

समारोहमा पररष्ट्रमन्त्री कोशका पधादिकारी लगायतको उपस्थितिरहेको थियो । त्यसअघि उहाँले म्यानमारको प्रसिद्ध चैत्य स्वेदागन प्यगोडस्को अवलोकन गर्नु भएको थियो । उहाँलाई त्यहा याङुन नगरका प्रमुखले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिको स्वागतमा नेपालका राज्दुत भिम उदासले आज रात्री भोजको आयोजना गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्