तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए प्राम्भिक मतपरिणाम सार्वजनिक : अध्यक्षमा पन्तभन्दा आचार्य अगाडि

काठमाडौँ। काठमाडौँमा जारी एनआरएनए निर्वाचनको प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार कुमार पन्तलाई पछि पार्दै कुल आचार्य १८ मतले अगाडि रहेका छन् ।

हालसम्म अमेरिका, अफ्रिका र अष्ट्रेलियाको मत परिणाम सार्बजनिक गरिसकिएको छ । आचार्य बेलायतबाट अध्यक्ष पदमा उम्मेदवार बनेका हुन् भने पन्त जर्मनीबात उम्मेदवार बनेका हुन् ।

निर्वाचन आयोगले अमेरिका, अफ्रिका र अष्ट्रेलियाको बुथको मतगणना सक्दा आएको परिणाम अनुसार अध्यक्षयका उम्मेद्वार कुल आचार्य एक सय ११ छ भने कुमार पन्तको ९३ मत रहेको छ ।

त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ३२, डा. बद्रि केसी ९२, धर्मराज अधिकारी ११९, हिक्मत बहादुर थापा १७, डा. केशब पौडेल ९८, किरण बिक्रम थापा २८, मन केसी १३७, नरेन्द्र बहादुर भाट ५३, सोनाम लामाको २४ मत रहेको छ ।

महिला उपाध्यक्षमा रबिना थापा ११७ तथा सपिला राज भण्डारीको पक्षमा ८७ मत परेको छ । त्यस्तैगरी महासचिवमा जानकी गुरुङ १०२, डा. हेमराज शमार्को ६१ मत रहेको छ भने सचिवमा अभिमानसिंह बस्नेत १२२, बिनय अधिकारी ७, दिपक ओली १४, गौरीराज जोशी ९०, आरके शर्मा ४२, शिव कुमार बस्यान ३९, कुश लिम्बु २० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button