विश्व अर्थतन्त्र एक दशक यताकै सुस्त : आईएमएफ
काठमाडौं । अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वभरीकै अर्थतन्त्र सुस्त रहेको जनाएको छ । यो अवस्था एक दशक पहिला भएको वित्तीय संकटपछि पहिलोपटक भएको जनाइएको छ ।
आईएमएफले मंगलबार जारी गरेको वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा सो कुरा उल्लेख छ । आईएमएफका अनुसार यो वर्ष विश्वभरको अर्थव्यवस्था ३ प्रतिशतले मात्रै विकास हुने जनाइएको छ । ![]()
भारतमा यसपालि विकासदर घटेर ६.१ प्रतिशत हुने जनाइएको छ । यसअघि गएको अप्रिलमा आईएमएफले नै भारतको आर्थिक बृद्धि ७.३ प्रतिशत हुने अनुमान गरेको थियो । २०२०–२१ मा भने भारतको आर्थिक बृद्धिमा केही सुधार आउन सक्ने सो रिपोर्टमा उल्लेख छ ।
आईएमएफले चीनको आर्थिक बृद्धि ६.१ प्रतिशत र सन् २०२० मा ५.८ प्रतिशत हुने अनुमान गरेको छ ।
२०१८ मा चीनको आर्थिक बृद्धिदर ६.६ प्रतिशत रहेको थियो । विश्वव्यापी रुपमा आर्थिक बृद्धि यसपालि ३ प्रतिशत र २०२०मा ३.४ प्रतिशत हुन सक्ने अनुमान गरिएको छ ।
आइएमएफले विश्वव्यापी रुपमा आर्थिक बृद्धि कमजोर हुनुमा विश्वव्यापी व्यापारमा गिरावट, आयात करमा बृद्धि र उत्पादन सम्बन्धी समस्यालाई कारक मानेको छ । आईएमएफले अर्थव्यवस्थामा आएको सुस्तताका कारण विश्वका ९० प्रतिशत देशमा यसको असर पर्ने समेत आकलन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्