एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुँदै
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्तामा दाबी विरोधको प्रकृया सकिएपछि बुधबार अपरान्ह हुँदैछ।

अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र कुल आचार्य।
अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्। आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्।
गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।
यस्तो छ निर्वाचन तालिका :








प्रतिक्रिया राख्नुहोस्