दुइ सय ४३ उद्योग खारेज
तनहुँ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २ सय ४३ उद्योग खारेज गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७५–७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार १ सय १५ मध्ये २ सय ४३ उद्योग खारेज गरेको हो ।
उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयदेखि निष्क्रिय रहेका सो उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्