पिपिएल टि ट्वान्टी क्रिकेट कात्तिकमा हुने
काठमाडौं । सर्वाधिक पुररस्कार राशीको घरेलु फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट कात्तिकमा आयोजना हुने भएको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोेमबार विज्ञप्ती जारी गर्दै पिपिएलको दोस्रो संस्करण कात्तिक २६ गते देखि मंसिर ७ गते सम्म पोखरा रंगशालामा हुने जनाइएको छ ।
पिपिएलमा ६ शहरका ६ टोलीको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । पोखराले फाइनलमा चितवन राइनोजलाई हराएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० लाई मनाउन लागेको अवसरमा पिपिएल लिगले सकारात्मक सन्देश जाने विश्वास लिएको पिपिएलका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स गरी ६ शहरका ६ टोली रहेका छन् ।
च्याम्पियन पोखराले २७ लाख र उपविजेता चितवनले १० लाख रुपैया प्राप्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्