अविरल वर्षाका कारण गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– अविरल वर्षाका कारण गएको पहिरोले गर्दा कान्तिलोक पथ अबरुद्ध बनेको छ । कान्तिलोक पथ अन्तर्गत भिमफेदी गाउँपालिका–८ गगटे बकैया गाउँपालिका–१२ कालोपहिरो र बकैया–११ सिमात नजिक पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।
लेदो माटो सहितको पहिरो गएका र बर्षा भइरहेकोले बाटो खुलाउन नसकिएको र अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिनुभयो ।
बाटो अबरुद्ध भएसँगै अहिले कान्तिलोक पथ पुर्ण रुपमा बन्द रहेको हेटौंडाबाट ठिङ्गन हुदै काठमाडौं जाने सवारी बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्