प्रदेश नंं २ सरकारद्धारा संघीय सरकारसंग २५ अर्ब बजेट बाढीका लागि माग
अजय कुमार झा, जनकपुर । प्रदेश नंं २ सरकारले बाढीबाट विस्थापितहरुको पुनर्वास र पुनर्निमाणका लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउत सहितको सर्वदलिय टोलीले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरी प्रदेश २ मा बाढीबाट भएको क्षतिबारे जानकारी गराउंदै राहत तथा पुनर्निर्माणका लागि २५ अर्ब बजेट रकम माग गरेको हो ।
भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिनु भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफुलेपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्