सावाँ, ब्याज र किस्ता तिर्ने समयावधि एक महिना थप
अर्जुन श्रेष्ठ । नेपाल राष्ट्र बैंकले कर्जाको सावाँ, ब्याज र किस्ता तिर्ने समयावधि एक महिनाको लागि थप गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै रकम भुक्तानीको अवधि थप गरेको हो ।
मुलुकमा हालै आएको बाढी तथा पहिरोका कारण २०७६ असार मसान्तसम्म तिर्नुुपर्ने सावाँ, ब्याज तथा किस्ता रकमको भुक्तानीमा पर्ने कठिनाइलाई ध्यानमा राखेर रकम भुक्तानीको अवधि एक महिनाका लागि थप गरिएको नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले जानकारी दिनुभयो ।
यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एकै प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्कमा शून्य दशमलव २५ प्रतिशत विन्दुले भन्दा फरक नपार्न समेत निर्देशन दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्