चन्दलाई ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’ पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा रोहितलाई स्पेशल अवार्ड प्रदान गरेको हो ।
नेपाली राष्ट्रिय टिमका नियमित सदस्य रोहित हाल इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् । जाकार्ताले वर्ष २०७५ मा त्यहाँको लिग वान जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए ।
त्यसैक्रममा उन लिगकै ‘मोस्ट भ्यालुएल प्लेयर’ पनि चुनिए । अवार्डसंगै रोहितले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतिक्रिया राख्नुहोस्