तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली खेलकुद भलिबल : इन्डोनेसियासँग नेपाल पराजित

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो व्यहोरेको छ । 

दोस्रो पराजय व्यहोर्ने क्रममा नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो ।

बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।

लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ । नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button