बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री
बनेपा-बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो ।
बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौँ पसलमध्ये पाँच÷छ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।
जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्