कर्मचारी समायोजन अन्तिम टुङ्गोमाः मन्त्री पण्डित
ध्रुव अधिकारी, वीरगञ्ज । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अन्तिम टुङ्गोमा पुगेको बताउनुभएको छ ।
सामान्य प्रशासन मन्त्री पण्डितले नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोग मार्फत विज्ञापन खुल्न लागेको पनि जानकारी दिनुभयो ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत बाराको सुपौलीमा दलित समुदायका लागि घर निर्माण कार्यक्रमको शुभारम्भ गर्नुहुदै प्रशासन मन्त्री पण्डितले सरकारले तराई मधेशको समृद्धि तथा गरिबीको अन्त्य गर्न तराईका २१ जिल्लामा २ अर्बको बजेट मार्फत जनता आवास कार्यक्रम अगाडी बढाएको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्