सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः सभापति देउवा
भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनचाहना अनुरुप विकासमा फड्को मार्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनु भएको छ ।
नेपाली काँग्रेस जिल्ला समिति भक्तपुरले आज ठिमीमा आयोजना गरेको विरोध सभामा सभापति देउवाले सरकारको कामले गति नलिएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेताद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले सरकारले राजनीतिकरण मार्फत राज्य संयन्त्रका सबै निकायलाई आफू अनुकुल बनाउन लागेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्