तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा पहिरो अपडेट : दुईको शब भेटियो तीन जना अझै बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्ये दुई जनाको शब आज भेटिएको छ ।

फोक्सिङकोटका १७ बर्षीय कृष्णमाया गाहा र सोही स्थानकी १४ बर्षिय खुमिसरा आलेको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी एसपी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

बेपत्ता अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button