तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाह मुद्धाका फरार व्यक्ति पक्राउ

अछाम- अछाम प्रहरीले बहुविवाह मद्धामा फरार रहेका पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय नृपबहादुर धामी ४ वर्षपछि पक्राउ परेका हुन् । बहुविवाहमा दोषी देखिएका धामीलाई २०७३ मंसीर १ गते जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएकोमा सोही समयदेखि फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

धामीलाई साँफेबगर नगरपालिका वडा नम्बर ४ छिपेखोलाबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । अछाम प्रहरीले यसअघि कर्तव्य ज्यान, जबरजस्ती करणी लगायतका फरार ३ जना व्यक्तिलाई पक्राउ गरीसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button