बाँकेमा थप ५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ७७.७७ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ८४ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय ५० जनामा कोरोना पुष्टि हुँदा १२ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्