सम्पत्ती विवरण नबुझाउने ११ हजारभन्दा बढी संघीय तहका कर्मचारी कारबाहीमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ती विवरण नबुझाउने संघीय तहका ११ हजार एक सय ६० जना सरकारी कर्मचारीलाई जनही पाँच हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।
अख्तियारको आज बसको बैठकले सम्पत्ति विवरण समयमा नबुझाएको भन्दै दुई हजार पाँच सय चार निजामती कर्मचारी, नेपाल प्रहरीका एक सय ११, शिक्षक सात हजार छ सय १३ जना र अन्य एक हजार चार सय ३२ जनालाई जनही पाँच हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउनलगाउने निर्णय गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश तहमा काम गर्ने पाँच सय ५४ जनालाई पनि कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय तहका चार हजार पाँच सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले जनही पाँच हजार जरिवाना गरी सम्पत्ती विवरण भर्न लगाउन भनिएको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्