रुपन्देहीमा थप ८२ जना कोरोना सङ्क्रमित थपिए

रुपन्देही । रुपन्देहीमा आज थप ८२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज थप भएकाहरु मध्ये सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका रहेका छन् ।
बुटवलमा आज ४२ जना सङ्क्रमित थप भएका छन् । यसैगरी तिलोत्तमा नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा नौ जना्, देवदहमा नगरपालिका, ओमसतिया गाउंपालिकामा दुई÷ दुई जना, सैनामैना नगरपालिकामा पाँच जना र रोहिणी गाँंपालिकामा तनि जना थप भएका छन् ।
योसँंगै जिल्लामा कुल सङ्क्रमितको संख्या दुई हजार दुई सय ८२ पुगेको छ । त्यस्तै जिल्लामा हाल सक्रिय सङ्क्रमितको संख्या सात सय रहेको छ भने २१ जना कोरोन सङ्क्रमणबाट मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्