बाढीले जीप बगाउँदा वेपत्ता भएका एक जनाको शव फेला
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली नदीको कजवे तर्ने क्रममा जीप बगाउँदा वेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।
शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले विहानैदेखि हराइरहेका व्यक्तिको खोजी गर्दा दिउँसो मात्र एक जनाको मृत अवस्थामा शब फेला पारेको हो ।
विहानैबाट वेपत्ताहरुको खोेजीमा खटिनु भएका सशस्त्र प्रहरी बल पिपराका प्रहरी निरीक्षक अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।
खोजी गर्ने क्रममा जीप बगाएको ठाउँदेखि तनि किमि तल सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । दिउँसो १ः०० बजे तिर क्षेत्रीको शव घाँसमा अलिझएको र घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्तामध्ये विद्यूत कार्यालय वितरण केन्द्र जितपुर शाखाका प्रमुख कृष्ण पौडेल अझैसम्म भेटिएको छैनन् । उहाँको पनि खोजी भइरहेको छ । दूई दिनदेखि परेको अविरल वर्षाका कारण स्थानीय खोलामा पानीको सतह नघटेपछि खोजी कार्य प्रभावित भइरहेको छ ।
ट्रान्सफर मर्मत गरेर भलवाडबाट बनगाई आउँने क्रममा कोइली नदीको कजवेमा तर्ने क्रममा बुधबार विद्युतको गाडी बगाउँदा तनिजना वेपत्ता भएका थिए । त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो ।
अहिले पनि शसश्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तीन÷ चार टोली खोजी कार्यमा लागिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्