तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जा पहिरो अपडेटः एकै परिवारका नौसहित १० जनाको मृत्यु

स्याङ्जा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरोका कारण एकै परिवारका नौ जनाको मृत्यु भएको छ ।

घरमाथिबाट गएको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ ।

पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो ।

पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु नेपाली, जेठो छोरा बर्ष ३० का दीपक नेपाली, साईलो छोरा कुलदीप नेपाली, कान्छो छोरा ९ बर्षीय बिवस नेपाली, कुलदीपकी श्रीमती बिनिता नेपाली, कुलदीपको एक बर्षको छोरा शिशिर नेपाली, र पाहुना आएकी उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएकी १७ वर्षीया मनिषा नेपालीलाई जिवितै उद्धार गरी गह्रौ अस्पताल वालिङमा सामान्य गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पाहुना बस्न मायाको घरमा आएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका(४ गौतमडाडामा पहिरोका कारण एक किशोरको मृत्यु भएको छ ।

स्थानीय बाबुराम दमाई र जगत बहादुर दमाईको घर माथिबाट पहिरो झरी दुवै घर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

बाबुरामको छोरा बर्ष १६ को बिष्णु दमाइको पुरिएर मृत्यु भएको हो । पहिरोबाट विष्णुलाई प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button