कैदी बन्दीलाई मृत अवस्थामा ल्याइएको हो : बीर अस्पताल

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले केन्द्रीय कारागारबाट अस्पताल पुर्याइएका कैदी बन्दी रामलखन जैसवालको मृत्युको सम्बन्धमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका पदाधीकारीसँग छलफल गरेको छ ।
समितिको आज सिंहरदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले कैदी बन्दीको शंकास्पद मृत्युका सम्बन्धमा बीर अस्पतालले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका उपकुलपति डा. देवनारायण शाहले कैदी बन्दी रामलखन जैसवालको अस्पताल ल्याउनु अगाडि नै मृत्यु भइसकेको जानकारी दिनुभयो ।
उपकुलपति साहले जैसवाललाई कारागारबाट किन ढिला अस्पताल ल्याइयो भन्ने जवाफ वीर अस्पतालले दिन नसक्ने पनि जानकारी गराउनुभयो ।
कोभिड–१९ को सम्बन्धमा सरकारले गरेको काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले प्रारम्भिक प्रतिवेदन आजै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी धर्तीलाई हस्तान्तरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्